बाजुरा ःलागूऔषध दुरुपयोग विरुद्ध सचेतना फैलाउने उद्देश्यले मार्तडीमा आयोजना गरिएको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको अवसरमा उत्कृष्ट योगदान पुर्याउने युवाहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बडीमालिका नगरपालिका-९ का प्रेम नेपाली र बडीमालिका नगरपालिका-१ की ईश्वरी कार्कीलाई आ-आफ्नो कार्य क्षेत्रमा आदर्श युवा भई समाजमा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट युवा सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी सफल युवा व्यवसायीका रुपमा स्थापित विनु भण्डारीलाई समेत नगद सहित सम्मान गरिएको छ । आयोजकका अनुसार सम्मानित युवाहरुले शिक्षा, समाजसेवा तथा उद्यमशीलता मार्फत अन्य युवालाई प्रेरणा दिँदै आएका कारण उनीहरुलाई छनोट गरिएको हो ।
उनीहरुको सफलताले युवालाई आत्मनिर्भर, जिम्मेवार र सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।





प्रतिक्रिया