गाैमुल खबर डटकम शनिबार ०२, फागुन २०८२ ०६:१३

चिसो छल्न बेँसी झरेका बाजुराका मतदातालाई मतदान गर्न समस्या

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १२, २०८२
चिसो छल्न बेँसी झरेका बाजुराका मतदातालाई मतदान गर्न समस्या

बाजुरा : चिसो छल्न बेँसी झरेका बाजुराका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ । 

आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासंघ बाजुराका पूर्व अध्यक्ष नृप बहादुर थापा (भोटे)ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरुलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताएका छन् ।

उनका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् । बाजुराको बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१, २, ३, ७, ८, र ९ र हिमाली गाउँपालिका–२ र ३ वडामा बसोबास गर्दै आएको छन् । आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे)ले बताएका छन् ।

उनले भने, “आफूसहित परिवार यतै छौँ, मतदान  गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ । मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताएका छन् । बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३ छन् ।
 

प्रतिक्रिया