गाैमुल खबर डटकम बिहीबार २९, माघ २०८२ ०७:१४

कीर्तिचौरमा अन्तर विद्यालय बहस : शैक्षिक गुणस्तर सुधार गर्न नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ ११, २०८२
कीर्तिचौरमा अन्तर विद्यालय बहस : शैक्षिक गुणस्तर सुधार गर्न नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष

बाजुरा : गौमुल गाउँपालिका ४ कालादहमा रहेको कीर्तिचौर माध्यमिक विद्यालयमा आयोजना गरिएको अन्तर विद्यालय अन्त्ररक्रिया कार्यक्रममा नेतृत्व जिम्मेवार भए समग्र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने निष्कर्ष निकालिएको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भावि योजना निर्माण गर्न सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा सेवा क्षेत्रभित्रका नेतृत्व जिम्मेवार बन्न सके परिवर्तन सम्भव हुने निष्कर्ष निकालिएको हो । 

कीर्तिचौर माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा शैक्षिक अनुभवहरु आदान प्रदान गरिएका थियो । कार्यक्रममा वडा नं.४, ५ र ६ का वडाध्यक्ष, गाउँपालिकाका प्रतिनिधि, ३ वटै वडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरु तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा विद्यालय सञ्चालनका असल अभ्यास, शैक्षिक सुधारका चुनौती, व्यवस्थापनका अनुभव तथा गुणस्तरीय शिक्षाका उपायहरूका विषयमा गरिएको छलफलमा अब शैक्षिक स्तरमा माथि उकास्न नयाँ ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

विकासका मुल प्रवाहका लागि सर्वोत्कृष्ट नेतृत्वदायि भूमिका, एकिवद्धता तय गर्न, आधारभूत तहको शैक्षिकमा सबैको प्रतिवद्धता जाहेर गर्ने उद्देश्यसहित अन्तर विद्यालय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले बताएका छन् ।

अन्तरक्रियामा अध्यक्ष विकले विद्यालयमा भईरहेका शैक्षिक गतिविधिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बालबालिकाको भविष्यका लागि अभिभावकले जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । उनले सामुदायिक विद्यालयमा सरकारको धेरै लगानी भएपनि प्रतिफल कमजोर आउने गरेकोले यसमा कुन पक्ष कुन ठाउँमा चुकिरहेका छौ, भनेर सोच्न जरुरी बताएका छन् ।     

त्यस्तै वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकायाले पहिलेको भन्दा अहिले विद्यालय लयमा जादै गरेको बताउँदै शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षले उत्तिकै सक्रिय भूमिका निर्वाह गनुपर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकले शैक्षिक क्षेत्र बलियो बनाउँन नयाँ सिराबाट अगाडी बढ्ने लक्ष्य रहेको बताएका छन् । उनले लामो समयको असल फल असल नै हुने भएकाले विस्तारै सुधारको बाटोमा जोडिरहेका बताए । 

अध्यक्ष विककै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडाअध्यक्ष प्रकाश बहादुर रोकाया, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, शिक्षा शाखा प्रमुख राम नाथ, एचआरसीका बाजुराका चन्द्रदेब भट्ट, अन्तर विद्यालयका विव्यस अध्यक्ष, प्रअ लगायतको उपस्थित रहेको थियो ।   

प्रतिक्रिया