गाैमुल खबर डटकम बिहीबार २९, माघ २०८२ ०७:१२

गौमुलका आगलागी पीडितलाई उपहार नेपालको राहत

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०९, २०८२
गौमुलका आगलागी पीडितलाई उपहार नेपालको राहत

बाजुरा : बाजुराको गौमुल गाउँपालिका-२ मल्लाेदुगुनस्थित कुहुडाका आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । अगलागीबाट घर गुमाएका विष्णु रोकायाको परिवारलाई उपहार नेपालद्धारा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत राहत प्रदान गरेको हो ।

वडा कार्यालयको समन्वयमा २५ हजार बराबरको राहत सामाग्री दिईएको उपहार नेपालका कार्यक्रम संयोजक मान बहादुर रोकायाले बताएका छन् । उनका अनुसार बलाङ्केट, सिरक-डसना, जकेट, लगाउने १/१ जोर लुगा, त्रिपाल र स्टेशनरी सामाग्री सहयोग गरिएको हो । 

विष्णुको घरमा माग ४ गते विहान विद्युतको तार सर्ट भएर अचानक आगलागी भएको थियो । आगलागीका कारण घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट नगद ७ लाख रुपैयाँ, ४ तोला सुन, चाँदी, लत्ताकपडा, भाडावर्तन गरी २० लाख भन्दा बढीको क्षति भएको थियो ।   

वडा नं.२ का वडा सचिव प्रेम सार्की, उपहार नेपालका कार्यक्रम संयोजक मान बहादुर रोकाया र रुद्र विकसहितकोे टोली वडाको केन्द्र सिम बजारमा पुगेर राहत वितरण गरेका हुन् । राहत वितरणका क्रममा संयोजक रोकायाले धेरै ठुलो नभएर सानाे सहयाेगले घाउमा मलम पट्टी लगाएको बताएका छन् ।

उनले थप राहतका लागि जिल्लास्थित गैरसरकारी संस्था र सरोकारवाला निकायसंग समन्वय गरी अत्यावश्यक सामाग्रीका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वडा सचिव प्रेम सार्कीले राहत प्रदान गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै वडाबाट आवश्यक राहतका लागि विभिन्न द्राति निकाय समक्ष पहल भईरहेको बताएका छन् ।

पीडित विष्णु रोकायाले पनि राहत प्रदान गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै लगाएका लुगा बाहेक केही रहेन्, सबै धनसम्पति जलेर खरानी भयो, दुखेसो पोख्दै थप सहयोगका लागि सबैलाई अपिल गरेका छन् । वडाध्यक्ष देव बहादुर रोकायाले वडाबाट उपलब्ध राहत तत्काल प्रदान गरिएको र आवश्यक थप राहत सामाग्री तथा पुनःस्थापनाका लागि विभिन्न निकायमा पहल कदमी भईरहेको बताएका छन् ।

विपद् प्रभावितको क्षेत्रमा काम गर्दै आईरहेको उपहार नेपाल बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा लागु छ । उपहार नेपाल तत्काल, तत्पर र तल्लिनलाई आत्मसाथ गर्दै विपद् जन्य घटनाबाट पीडित भएका परिवारहरुलाई सहयोग गर्दै आईरहेको छ । 

 

प्रतिक्रिया