गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:०८

निर्वाचन आचारसहिंता उल्लघंन गर्ने कर्मचारीलाई सोध्यो हिमालीले स्पष्टीकरण

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०८, २०८२
निर्वाचन आचारसहिंता उल्लघंन गर्ने कर्मचारीलाई सोध्यो हिमालीले स्पष्टीकरण

बाजुरा : हिमाली गाउँपालिकाले निर्वाचन आभारसहिंता उल्लघंन गरेको भन्दै ३ जना कर्मचारीलाई स्पष्टीकरण साधेको छ । निर्वाचन आयोगले माग ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसहिंता उल्लघंन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन अचारहिंता कार्यान्वयनमा तदारुकता देखाउनु भन्दा निर्णय विपरीत सामाजिक सञ्चालनमा आचारसहिंता उल्लघंनका कार्य गरेकाले २ दिन भित्र स्पष्टीकरणसहितको पत्र पेश गर्न प्रमुख प्रशासकीय अधिकृत कुलबहादु थापाले हस्ताक्षरित सूचनामा भनिएको छ ।

गाउँपालिका मातहतका कर्मचारी वडा नं.५ मा कार्यरत्त अ.स.ई जनक मलाल, रुगिन आधारभूत स्वास्थ्य इकाईमा कार्यरत्त ल्याप असिष्टेन्ट दिपक भण्डारी र हिमाली गाउँपालिकामा कार्यरत्त ईलेक्ट्रिसियन राज मलाललाई पत्र जारी भएको मितिले दूई दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताएका छन् ।

तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेको खण्डमा निर्वाचन आचारसहिंता उल्लघंन एवं निजामती सेवा ऐनले व्यवस्था गरेको अनुशासन पालन अवहेलना अनुसार कारवाही गरिने उनले बताए । 
 

प्रतिक्रिया