गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ १०:३५

उद्घाटनअघि फ्लाईफिनिक्सको सामाजिक उत्तरदायित्व : बागबजारमा सरसफाइ अभियान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०७, २०८२
उद्घाटनअघि फ्लाईफिनिक्सको सामाजिक उत्तरदायित्व : बागबजारमा सरसफाइ अभियान

बाजुरा ःशैक्षिक परामर्श संस्था फ्लाईफिनिक्सले आफ्नो औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । 

बागबजारमा नयाँ सञ्चालनमा आउन लागेको उक्त संस्थाले माघ ९ गते हुने उद्घाटन कार्यक्रमअघि माघ ८ गते बिहान बागबजार क्षेत्र सरसफाइ गर्ने संस्थाका व्यवस्थापक राजेन्द्र उखेडाले जानकारी दिएका छन् ।

‘नयाँ सुरुवात, सफा सुरुवात’ भन्ने नाराका साथ आयोजना हुने उक्त अभियान बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ ।

संस्थाका प्रबन्ध निर्देशक (सीईओ) विजय विकका अनुसार, व्यावसायिक यात्रा सुरु गर्नु अघि समुदायप्रतिको जिम्मेवारी बहन गर्दै कार्यक्षेत्रलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उनले भने, “हामी चाहन्छौँ हाम्रो यात्रा मात्र होइन, हाम्रो समुदाय पनि सधैँ सफा र सुन्दर रहोस्। विद्यार्थीहरूलाई वैदेशिक शिक्षाका लागि मार्गदर्शन गर्नु हाम्रो मुख्य उद्देश्य भए पनि समाजका लागि केही सकारात्मक कार्यबाटै यात्रा सुरु गर्न लागेका हौँ ।”

फ्लाईफिनिक्सको नयाँ कार्यालयको औपचारिक उद्घाटन आगामी शुक्रबार (माघ ९ गते) दिउँसो १२ बजे बागबजारमा हुने तय भएको छ ।

संस्थाले उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै यूके, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका प्रमुख गन्तव्य मुलुकहरूका लागि विशेष परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।

अनुभवी परामर्शदाताहरूबाट गुणस्तरीय परामर्श, सही डकुमेन्टेसन तथा भिसा प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता फ्लाईफिनिक्सले व्यक्त गरेको छ ।
 

प्रतिक्रिया