बाजुरा ः बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका-१ पिनालेख स्थायी घर भएका ४८ वर्षीय लालबहादुर कार्की रहेका छन् ।
घर नजिकै रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कार्की नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका थिए । उनको असामयिक निधनप्रति शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूले सामाजिक सञ्जाल मार्फत गहिरो दुःख व्यक्त गरेका छन् ।





प्रतिक्रिया