गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:०८

बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरीले पाए टिकट

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ ०५, २०८२
बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरीले पाए टिकट

बाजुरा : बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरीलाई उम्मेदवार बनाएको छ । नेता गिरीलाई कांग्रेसबाट आगमी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको हो । 

गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत हुन् । यसअघि कांग्रेस जिल्ला कार्यसमितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

अहिले पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले बाजुराबाट चुनाव लड्न सहज रुपमा टिकट पाएको स्रोतल जनाएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा रहेका नेता गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।

प्रतिक्रिया