गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:०९

बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ ०५, २०८२
बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

बाजुरा : बाजुरा जिल्लामा रहेका कुल ७७ मतदान स्थलमध्ये ६२ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार अतिसंवेदनशील मतदान स्थलको संख्या कुल मतदान स्थलको ८०.५१ प्रतिशत रहेको छ । 

अतिसंवेदनशील र संवेदनशील मतदान स्थलहरूमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

यस्ता मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन, निगरानी वृद्धि र विशेष सुरक्षा योजना लागू गरिने तयारी गरिएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिने उल्लेख गर्दै कुनै पनि किसिमका अवाञ्छित गतिविधिमा संलग्न नहुन सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया