बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य अमर बहादुर विकले नेकपा एमालेलाई चौतर्फ घराबन्दी र आक्रमण तीव्र भईरहेकोले प्रतिकार गर्न एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै विकले एमालेमाथि आक्रमण गर्न जालझेल चलिरहेकोले एकताका साथ अघि बढी आम निर्वाचनमा नम्बर १ पार्टी बनाउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने बेला आएको बताए ।
हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ, कोही उम्मेदवारको रूपमा, कोही परिचालक–प्रचारकको रूपमा । जुनसुकै हैसियतमा सक्रिय भएपनि हाम्रो भूमिका एउटै हो उनले भने ।
हामी एक लयमा अघि नबढ्दा न ‘लड्ने’ले जित्छौँ, न त ‘लडाउने’ले नै जस पाउँछौँ, कसले टिकट पायो भन्ने विषय छोडौँ, यसपाली नपाउनेले अर्को पालि पाउँछ । यतिखेर धेरै कुरा मिलाउन बाँकी रहेको बताउँदै एकता र हार्दिकताका साथ चुनावी मैदानमा उत्रिनुपर्ने बताए ।
गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष समेत रहेका विकले भने एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दैन, रूपान्तरण गर्न बाँकी रहेका हाम्रा कामहरू पूर्ण हुने छैनन् नभुलौँयो । चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बीचको जनमत संग्रह पनि हो ।





प्रतिक्रिया