बाजुरा : आईएनएफ नेपालले बाजुराको गौमुल गाउँपालिका २ मल्लोदुगुनस्थित कुहुडामा आगलागीबाट घर जलेर नष्ट भएको एक पीडित परिवालाई खाद्यान्न सहयोग गरेको छ ।
आईतबार विहान विद्युतको तार सर्ट भई घरमा आगलागी हुँदा स्थानीय विष्णु रोकायाको ठुलो मात्रामा धनमाल जलेर नष्ट भएको थियो । उक्त पीडित रोकायाको परिवालाई वडाको समन्वयमा आईएनएफले चामलसहितको खाद्यान्न सहयोग गरिएको हो ।
पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यसहित संस्थाले पाँच हजार बराबरको खाद्यान्न सहयोग गरेको वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।
संकटको बेला पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको भन्दै सहयोगी संस्थालाई वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ । अगलागीबाट २० लाख भन्दा बढीको क्षति भएको छ ।




प्रतिक्रिया