बाजुरा : गौमुल गाउँपालिका २ मल्लोदुगुनस्थित कुहुडामा एक घरमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति भएको छ । आईतबार विहान स्थानीय विष्णु रोकायाको घरमा विद्युतको तार सर्ट भएर अगलागी भएको हो ।
आगलागीबाट ७ लाख ३० हजार नगद रुपैयाँ, ४ तोला सुन, २२ तोला चाँदी, एक मोबाईल सेट, ३ कुखुरा, अन्नपात, लत्ताकपडा, भाडाँवर्तन लगायत घरयासी सबै समान जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय गौमुलका भक्तराज जोशीले जानकारी दिएका छन् ।
उनका अनुसार खरले छाएको ३ तले पाँच कोठे घर जलेर पूर्ण रुपमा नष्ट हुँदा २० लाख ४ हजार २ सय रुपैयाँ बारबारको क्षति भएको छ । आगलागीबाट नागरिकता, जन्मदर्ता लगायत अत्यावश्यक कागजता समेत जलेर खरानी भएको उनले बताएका छन् ।
घरमा कोही नभएको समयमा एक्कासी बन्द कोठाबाट आगलागी भएको हो । पीडित रोकायाका ९ जना परिवार रहेका छन् । अहिले उनको परिवारलाई वडाले आवश्यक राहत उपल्बध गरी छिमेकीको खाली घरमा बस्ने व्यवस्था मिलाएको छ । अगलागीबाट सबै धनसम्पति केही बेरमै आँखै अगाडी खरानी भएपछि रोकायाको परिवार विचल्लीमा परेको छ ।
शरिरमा लगाएका लुगा बाहेक केही रहन्, घरपरिवारले दुःख गरेरेर कमाएको सम्पति छिनभरमै स्वाहा भयो अब कसरी बाच्ने हो, कहाँ बस्ने हो पीडित रोकायाले दुखेसो पोखेका छन् । राहत र पुर्नःस्थापनका लागि उनले सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।
वडा कार्यालले दियो राहत
गौमुल गाउँपालिका २ मल्लोदुगुनस्थित कुहुडामा आगलागीबाट एक घर जलेर नष्ट भएको पीडित परिवारलाई वडा कार्यालयले राहत दिएको छ । आइतबार विहान ६ बजे विद्युतको तार सर्ट भई आगलागी हुँदा स्थानीय विष्णु रोकायाको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
पीडित रोकायाको परिवारलाई वडा कार्यालयले २ वटा त्रिपाल, ४ मिटर पीफम, कमल, जुट, १ वटा वाल्टिन, १ कट्टा चामल, १ पोका तेलसहित आवश्यक राहत सामाग्री दिईएको वडाध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।
वडा सदस्य देव बोहराको टोली पीडितको घरमै पुगेर राहत वितरण गरेको उनले बताए । आवश्यक जाँच बुझ र क्षतिको एकीन वितरण संकलनका लागि ईलाका प्रहरी कार्यालय गौमुलबाट प्रहरी टोली समेत घटनास्थलमा पुगेको थियो ।
वडाध्यक्ष रोकायाले पीडित परिवारलाई राहत वितरण गरी हाल छिमेकीको खाली घरमा बस्ने व्यवस्थापन गरिएको र पुनःस्थापनका लागि सम्बन्धित निकायमा पहल भईरहेको बताए ।




प्रतिक्रिया