बाजुरा : गौमुल गाउँपालिका वडा नं.२ मल्लोदुगुनको कुहुडामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । आइतबार विहान ६ बजे स्थानीय विष्णु रोकायाको घरमा आगलागी भएको हो ।
आगलागी हुँदा घर जलेर खरानी भएको स्थानीय धनराज रोकायाले जानकारी दिएका छन् । घरका सबै घाँस काट्न गएको बेला विद्युतकोे तार सर्ट भएर आगलागी भएको उनले बताएका छन् ।
उनका अनुसार विहानदेखि जनप्रतिनिधि तथा स्थानीय आगो नियन्त्रणमा लागिरहेका थिए । तर आगो तिब्र गतिमा फैलिएपछि नियन्त्रणमा लिन नसक्दा घरसहित घरमा भएको सबै धनमाल जलेर खरानी भएको उनले बताएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ । यता वडा नं.२ का वडाध्यक्ष देव बहादुर रोकायाले वडाका जनप्रतिनिधि घटनास्थलमा खटिएका र तत्काल वडाबाट राहत उपलब्ध गराउँन तयारी थालिएको बताएका छन् । वडाबाट हुने राहत तत्काल उपलब्ध गर्ने र थप राहतका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने उनले बताए ।




प्रतिक्रिया