गाैमुल खबर डटकम शनिबार ०३, माघ २०८२ १०:५८

बाजुरामा घरको छतबाट लडेर ७२ वर्षीया वृद्धाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ ०३, २०८२
बाजुरामा घरको छतबाट लडेर ७२ वर्षीया वृद्धाको मृत्यु

बाजुरा ःबाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ गैरीबजारमा ७२ वर्षीया कमला विकको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ ।

जानकारी अनुसार छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर बेहोस भएकी विकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो । तर अस्पताल पुर्याइएपछि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका हुन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले छतबाट खसेको भनेर खबर प्राप्त भएपनि आफन्तले लास बुझेर लगेको बताएका छन् । 

प्रतिक्रिया