गाैमुल खबर डटकम बिहीबार ०१, माघ २०८२ ०७:१३

बडीमालिका नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न, ८ वटा महत्वपूर्ण विधेयक तथा कार्यविधि पारित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २९, २०८२
बडीमालिका नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न, ८ वटा महत्वपूर्ण विधेयक तथा कार्यविधि पारित

बाजुरा ःबडीमालिका नगरपालिकाको १८ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ । नगर सभाले नगरको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन तथा शहरी विकासलाई थप व्यवस्थित, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्य सहित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

नगर सभाबाट जम्मा ८ वटा विधेयक तथा कार्यविधिहरू पारित भई कानुनी रूपमा कार्यान्वयनका लागि मार्ग प्रशस्त गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् ।

पारित विधेयक तथा निर्देशिकाहरूमा विनियोजन विधेयक २०८२ (संशोधित), भवन निर्माण सम्बन्धी विधेयक २०८२, कर तथा गैरकर सम्बन्धी विधेयक २०८२, घरबहाल सम्बन्धी विधेयक २०८२, व्यवसाय कर सम्बन्धी निर्देशिका २०८२, नक्सापास सम्बन्धी निर्देशिका २०८२, न्यायिक समिति सञ्चालन कार्यविधि (पहिलो संशोधन) विधेयक २०८२ तथा साविक स्थानीय निकायका कर्मचारी कल्याण कोष सम्बन्धी विधेयक २०८२ रहेका छन् ।

यी विधेयक तथा निर्देशिकाहरू कार्यान्वयनमा आएपछि नगरपालिकाको राजस्व संकलन प्रणाली सुदृढ हुने, भवन निर्माणका मापदण्डहरू स्पष्ट हुने, नक्सापास प्रक्रिया सहज र पारदर्शी बन्ने, व्यवसाय दर्ता तथा कर प्रणाली व्यवस्थित हुने, न्यायिक सेवा प्रवाह प्रभावकारी हुने तथा कर्मचारी कल्याण प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

नगरसभा मार्फत पारित भएका यी कानुनी तथा नीतिगत निर्णयहरूले बडीमालिका नगरपालिकाको दीर्घकालीन विकास, सुशासन प्रवद्र्धन तथा आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख खड्काले बताएका छन् ।

ऐतिहासिक नगरसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउनु हुने नगरसभा सदस्यहरु, कर्मचारीहरु, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्पूर्ण नगरबासीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

प्रतिक्रिया