बाजुरा : नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ६० जना निर्वाचन प्रहरी (म्यादी) को भर्ना आव्हान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले विहीबार एक सूचना जारी गदै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागि हुन सूचित गरिएको हो ।
निर्वाचन प्रहरीका लागि यहि पुस २५ गतेदेखि आगामी माघ १ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्ला प्रहरीका कार्यालयमा दरखास्त दिन सकिने छ ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेका व्यक्तिले फारम भर्न सक्ने प्रहरीले जनाएको छ ।
उमेर हद आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । पुरुष उम्मेदवारको हकमा न्यूनतम उचाइ ५ फिट ४ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने छ ।
यसअघि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा सेवा गरी निवृत्त वा उपदान प्राप्त सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा निर्वाचन प्रहरी भई सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
छनोटमा परेका निर्वाचन प्रहरीलाई नियुक्ति मितिदेखि जम्मा ४० दिनको सेवा अवधि तोकिएको छ । निर्वाचन अवधिमा प्रतिदिन तलब भत्ता, खाना खर्च, पोसाक भत्ता तथा आवश्यक सेवा सुविधा नेपाल सरकारको नियमअनुसार उपलब्ध गराइने छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन जिल्ला प्रहरी कार्यालय बाजुराले अनुराेध समेत गरेकाे ।
उम्मेदवारको छनौट प्रारम्भ माघ ५ गतेदेखि माघ ९ गतेससम्म गरिने भएको छ । भन माघ १० गतेअन्तिम नतिजा प्रकाशन गरिनेछ । माघ १५ गतेदेखि माघ २४ गतेसम्म प्रशिक्षण तालिम सुरु हुने सूचनामा उल्लेख गरिएको छ ।





प्रतिक्रिया