गाैमुल खबर डटकम शुक्रबार २५, पुष २०८२ ०७:१७

बाजुरा अत्याधिक चिसो बढेसंगै परीक्षा प्रभावित

गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष २४, २०८२
बाजुरा अत्याधिक चिसो बढेसंगै परीक्षा प्रभावित

बाजुरा : बाजुरामा चिसो निकै बढेको छ । अहिले यहाँका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भईरहेको छ । चिसोले गर्दा भने परीक्षा प्रभावित भएको छ । कक्षा कोठामा परीक्षा दिन गाह्रो भएपछि यहाँका बालबालिकाले बाहिर घाममा बसेर परीक्षा दिने गरेका छन् । 

कक्षाकोठामा परीक्षा दिन समस्या भएपछि दोस्रो त्रैमासिक परीक्षा बाहिर घाममा बसेर दिने गरेको तोली देवलडाँडा माविकी छात्रा सङ्गीता साउदले बताएकी छन् ।  

वार्षिक परीक्षा अली गर्मी समयमा हुने भएकाले त्यतिबेला हामी कक्षाभित्र बसेर परीक्षा दिने गर्छौं।’ अहिले चिसोको समय छ । त्यसै बेलामा दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन भएकाले भित्र बस्न नसकेर बाहिर घाममा बसेर परीक्षा गराइएको प्रधानाध्यापक विष्णुप्रसाद ओझाले बताए ।

उनले भने, ’अहिले कक्षा १ देखि १२ सम्म ४५३ छात्रा र चार सय छात्र गरेरर ८५३ जना विद्यार्थी अध्ययनरत रहेका छन्। हामीले यहाँका बालबालिकाको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने गरेर फेरि पनि लागि परेका छौँ । यो वर्ष हामीले यहाँका गरिब, अपाङ्ग, असहाय, टुहुरा बालबालिकालाई विद्यालयमै बसालेर शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरेर छात्रावास निर्माणको तयारीमा रहेको ओझाले बताएका छन् । 

यहाँ मात्र होइन् हिमाली भेगका कतिपय विद्यालयहरुमा पनि त्रैमासिक परीक्षा सञ्चालन भईरहेको छ । दिनानु दिन अत्याधिक चिसो बढ्दै गएपछि परीक्षा प्रभावित भईरहेको विद्यालयले जनाएका छन् । 

प्रतिक्रिया