गाैमुल खबर डटकम शुक्रबार २५, पुष २०८२ ०७:१८

गौमुलले दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, खोल्यो आवेदन

गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष २४, २०८२
गौमुलले दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, खोल्यो आवेदन

बाजुरा : गौमुल गाउँपालिकाले दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक रुपमा कमजोर तथा जेहेन्दार अध्ययनरत विद्यार्थीलाई छनौटको प्रक्रियाबाट छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत स्थायी बसोबास भएका दलित जेहेन्दार विद्यार्थीका लागि कोष निदेर्शिका २०७४ को दफा ५ को ५ बमोजिम उच्च शिक्षा तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति आवेदन आव्हान गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।

विहीबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्रका उच्च शिक्षा तथा प्राविधिक धारतर्फ अध्ययनरत छात्र छात्राहरुले आजको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

आवेदन पेश गर्ने इच्छुक विद्यार्थीहरुले नेपाल सरकारले सूचिकृत गरेको दलित जातजाति भित्र पर्ने भनि सम्बन्धित निकायले प्रदान गरेको सिरफारिस पत्र, आर्थिक अवस्था कमजोर रहेको भनि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, क्याक्पस प्रशासनको सिरफारिस र सम्बन्धितको लिखित निवेदनसहित फम भर्नुपर्ने बताईएको छ । 

गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई अध्ययनमा केही सहयोग पुर्याउने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम लागू गरी सञ्चालन गरिएको बताएका छन् ।

गाउँपालिकाले अध्ययनरत विद्यालर्थीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनदेखि विभिन्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन गर्दै आईरहेको उनले बताए । 

प्रतिक्रिया