बाजुरा ः मालिका नमूना माध्यमिक विद्यालय र चोयाकोट माध्यमिक विद्यालयबीच हालसम्म सञ्चालनमा आएका शैक्षिक अभ्यासहरुको साझा तथा सिकाइ आदान-प्रदान गर्ने उद्देश्य सहित विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मालिकानमूना माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अवलम्बन गर्दै आएका प्रभावकारी अभ्यासहरू प्रस्तुत गरिएको थियो ।
कमजोर विद्यार्थीहरूका लागि उपचारात्मक कक्षा सञ्चालन, नतिजाका आधारमा शिक्षकद्वारा विषयगत सुधार लक्ष्य निर्धारण, शिक्षक तथा विद्यार्थीका लागि समय कार्ड प्रणाली, विद्यार्थीबाट विद्यार्थीलाई शिक्षण पद्धति, कक्षागत तथा विद्यालय अनुशासन समिति गठन, विभिन्न विद्यालय तथा कलेजसँग मितेरी सम्बन्ध स्थापना, विषयगत डिपार्टमेन्ट गठन तथा सरसफाइ अभियान अन्तर्गत “देख्यो कि टिप्यो” कार्यक्रम जस्ता अभ्यासहरू सहभागीहरुका लागि प्रेरणादायी बनेका थिए ।
यी सकारात्मक अभ्यासहरूको अवलोकन तथा अनुभव आदान-प्रदानले चोयाकोट माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीहरूको शैक्षिक भविष्य अझ उज्यालो बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशी विक , मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज तिमिल्सिना, सहायक प्रधानाध्यापक धिर दानी, शिक्षक, पूर्व चोयाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दीमा सुब्बा लगायत दुवै विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सफल आयोजनका लागि सहभागी सबैप्रति चोयाकोट माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।






प्रतिक्रिया