धनगढी ःसुदूरपश्चिमकाे मुकाम धनगढीमा चिसाे बढेकाे छ । पछिल्लो केही दिनदेखिकाे हुस्सु र शितलहरका कारण धनगढीसहितका तराई क्षेत्रमा चिसाे बढेकाे छ । चिसाे बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
जल तथा माैसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार केही दिनदेखि धनगढीकाे अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस र न्यूनतम् तापक्रम १२ डिग्री सेल्सीयस मापन भइरहेको छ ।
आजकाे न्यूनतम तापक्रम भने १२.४ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम् तापक्रम मापन हुन बाँकी छ । फिल्ड कार्यालय अत्तरियाले केही दिनसम्म तराईकाे माैसममा सुधार हुने सम्भावना नदेखिएको जनाएको छ ।





प्रतिक्रिया