गाैमुल खबर डटकम आइतबार १३, पुष २०८२ १०:५१

बुढीगंगा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भानोदय माविलाई

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १३, २०८२
बुढीगंगा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भानोदय माविलाई

बाजुरा : बुढीगंगा नगरपालिका स्तरीय छटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि भानोदय माविले जितेको छ । नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा १२ स्वर्ण, ७ रजत, २ कायसहित २१ पदक प्राप्त गर्दै शिल्ड जितको हो ।

७ स्वर्ण, ६ रजत, ४ कास्यसहित १७ पदनका साथ धुरालसैन मावि उपविजेता र ६ स्वर्ण, ४ रजत, १ कास्यसहित ११ पदकसहित त्रिशक्ति मावि तेस्रो भएको छ । 

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई क्रःमस रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ । बुढीगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँले विजेता तथा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले सम्मान गरेका हुन् । 

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बानियाँले प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुढीगंगाको उपस्थिति बोझिलो देखिने विश्वस व्यक्त गरेका छन् ।

पुष १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया