गाैमुल खबर डटकम आइतबार १३, पुष २०८२ ०८:४८

बाजुरा-अछाम सुरक्षा समितिको सयुक्त बैठकः सुरक्षाका सझा सवालहरुमा सहकार्य गर्ने

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १३, २०८२
बाजुरा-अछाम सुरक्षा समितिको सयुक्त बैठकः सुरक्षाका सझा सवालहरुमा सहकार्य गर्ने

बाजुरा : बाजुरा र अछाम जिल्लाले सुरक्षाका सझा सवालहरुमा सहकार्य गर्ने भएको छ । शुक्रबार जिल्ला सुरक्षा समिति बाजुराको मार्तडीमा आयोजित संयुक्त बैठकमा दुबै जिल्लाले शान्ति, सुरक्षाका लागि समन्वय र सहकार्य गरी अगाडी बढ्ने निर्णय गरेको हो ।

बाजुरा तथा अछाम जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा दुई जिल्लाका सुरक्षा पदाधिकारीहरुबीच सुरक्षाका साझा सवालहरुमा एक अर्कोमा समन्वय, सहकार्य र सहजीकरणका साथ अगाडी बढ्ने तथा ट्राफिक व्यवस्थापन, वन्यजन्तुको अवैध ओसारपोसार, लागु औषध नियन्त्र, न्यूनीकरण सम्बन्धमा आवश्यक सूचना आदान प्रदानमा हातेमालो गर्ने प्रतिवद्धतासहित निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।

त्यस्तै शान्ति सुरक्षाका विषयमा एक अर्कोका असल अभ्यासहरु अनुसरण गर्दै आगामी फागुन २१ गते तोएिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई जिल्लाका सम्बन्धित निकायहरुबीच सूचना आदानप्रदान मार्फत निर्वाचन सुरक्षालाई अझ सुदृढ गर्ने सहमती भएको उनले बताएका छन् ।    

प्रतिक्रिया