गाैमुल खबर डटकम आइतबार १३, पुष २०८२ ०८:५४

बाजुरामा मतदाता संख्या ८७ हजार बढी, ११८ मतदान केन्द्र

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १३, २०८२
बाजुरामा मतदाता संख्या ८७ हजार बढी, ११८ मतदान केन्द्र

बाजुरा : बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन् । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ मतदाता संख्या रहेको निर्वाचन कार्यालय बाजुरा जनाएको छ ।

निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ अन्य २ जना गरी ८७ हजार ८ सय ६१ मतदाता संख्या रहेको छ । 

त्यस्तै जिल्लामा हाल ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । ९ वटा नयाँ मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका हुन् । 

चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए । स्वामीकार्तिक, हिमाली, त्रिवेणी, बुढीनन्दामा नयाँ मतदानस्थल थपिएका हुन् । 

जसमा स्वामीकार्तिक खापर गाउँपालिका १ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फटाएर शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल स्थापना गरिएको छ । 

यस्तै बुढीनन्दा नगरपालिका ३ मा मदनआश्रित आवि बड्डाला, हिमाली गाउँपालिका १ मा शुनन्दा आवि बाम, वडा नं.५ कुलामष्टाजन आवि क्यिुरी र वडा नं.६ खोलीकोट आवि पाडीमा नयाँ मतदानस्थल स्थापना भएसंगै मतदानस्थलको सख्या बढेको हो । 

प्रतिक्रिया