गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ ११:५२

गौमुलमा आयोडियुक्त भानु नुन वितरण सुरु, पहिलो दिनमै ८३ क्विन्टल नुन बाडियो

गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष १०, २०८२
गौमुलमा आयोडियुक्त भानु नुन वितरण सुरु, पहिलो दिनमै ८३ क्विन्टल नुन बाडियो

बाजुरा : गौमुल गाउँपालिकामा आयोडियुक्त भानु नुन वितरण गरिएको छ । पालिकाको समन्वय तथा साल्ट टे«डिङ कर्पोरेशन डिपो कार्यालय मार्तडी बाजुराले घट्मुना विक्रि केन्द्रबाट आजदेखि नुन वितरण गरिएको हो । 

आज पहिलो दिन वडा नं.४ र ५ का नागरिकलाई वितरण गरिएको साल्ट टे«डिङ कर्पाेरेश डिपो कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख चन्द्र बहादुर बुढाले बताएका छन् । 

उनका अनुसार घट्मुना विक्रि केन्द्रबाट दुई वडाका नागरिकलाई ८३ क्विन्टल नुन वितरण गरिएको हो । एक परिवारलाई २२ केजीका दरले वितरण गरिएको उनले बताए । नुन वितरणमा नागरिकताको फोटोकपी भने अनिवार्य लिने गरिएको छ ।

भोली बुधबार अर्थात पुष ११ गते वडा नं.३ र ६ का नागरिकलाई घटम्ना नुन विक्रि केन्द्रबाट वितरण गरिने छ । भने वडा नंं.१ र २ का नागरिकलाई पुष १२ गते सिम बजारमा वितरण गरिने निमित्त कार्यालय प्रमुख बुढाले बताएका छन् ।

आज गौमुल गाउँपालिका वडा नंं.५ का वडाध्यक्ष कलक बहादुर सिंहले औपचारिक रुपमा नुन वितरण कार्यको सुरु गर्नुभएको थियो । उनले स्थानीय सरकारले नागरिकलाई प्रत्येक वर्ष चामल, नुन पायक पर्ने स्थानबाट विक्रि वितरण गरिरहेको बताएका छन् । यो वर्ष घट्मुना नुन विक्रि केन्द्रबाट ३६१ क्विन्टल नुन वितरण गरिने भएको छ । गत वर्ष झण्डै ५ सय क्विन्टल नुन वितरण गरिएको थियो । 

प्रतिक्रिया