बाजुरा : गौमुल गाउँपालिकामा एचआरसी बाजुराले विद्यालयलाई खेल सामाग्री सहयोग गरेको छ । पालिकाको समन्वय, वि.एम.जेट. टि.डी.एच जर्मनको आर्थिक सहयोग र मान शंसाधन केन्द एचआरसीद्धारा सञ्चालित बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर परियोजनाले खेल सामाग्री सहयोग गरेको हो ।
खेल क्षेत्रको विकास गर्न ६ वटै वडाका १३ वटा विद्यालयलाई खेल सामाग्री सहयोग गरिएको मानव संसाधन केन्द्र एच.आर.सी.बाजुराका शिक्षा विकास अधिकृत दील बहादुर धामी बताएका छन् ।
प्रत्येक विद्यालयलाई भलिबल, पम्प, जाली, फुटबल, ज्याभलिन थ्रो, स्कीपिङ डोरी, नाप्ने फिता, हुसिल र क्रिकेट लगायत खेल सामाग्री सहयोग गरिएको उनले बताए । उक्त सामाग्री आज घट्मुनामा गौमुल गाउँपालिकाका निमित्त कार्यालय प्रमुख कमला रेग्मीले विद्यालयलाई हस्तान्त्ररण गरेकी हुन् ।
खेल सामाग्री सहयोगले बालबालिकालाई विभिन्न खेलप्रति रुचि बढाउनुको साथै चाहाना अनुरुपका खेलहरु खेल्न सहयोग पुग्ने विश्वस लिइएको छ । सामाग्री हस्तान्त्ररण कार्यक्रममा गाउँपालिका कार्यालय निमित्त कार्यालय प्रमुख कमला रेग्मी, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथ लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया