बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ । २०८२ मंसिर २६ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार भोलि विदा दिएको हो ।
सुदूरपश्चिम प्रदेशको दशैंतिहार पछिको दोस्रो ठुलो चाड भवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले जानकारी दिएका छन् ।
उनका अनुसार भोलि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु लगायतका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् । आत्मीयता, भाईचारा र सद्भाव बाड्ने उक्त पर्वको अवसरमा नगरपालिकाले एक दिने विदा दिने निर्णय गरेको उनले बताए ।



प्रतिक्रिया