बाजुरा : गौमुल गाउँपालिका ४ को मानाकोट स्वास्थ्य चौकीमा सञ्चालन गरेको एकीकृत प्रजनन् स्वास्थ्य शिविरबाट एक सय भन्दा बढी महिला लाभान्वित भएकी छन् ।
गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल परिवार नियोजन संघ, कैलाली शाखा र युएनएपीए कार्यक्रमको आर्थिक, प्राविधिक सहयोगमा सञ्चालन शिविरमा १ सय ९२ महिलाले सेवा लिएको हो । प्रजनन् उमेर समूहका महिलाहरुलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गरिएको नेपाल परिवार नियोजन संघ, कैलाली शाखाका बरिष्ठ शाखा प्रबन्धक चेतराज फुलाराले बताएका छन् ।
स्त्रीरोग विशेषज्ञ डाक्टर कृपा क्षेत्री, स्टाफ नर्स समिला महरा, पालिका स्वास्थ्य शाखा सी अनमी रमा थापा लगायतका स्वास्थ्यकर्मीमार्फत महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा प्राथमिक उपचार (थर्मोकोगुलेशन) सेवा, महिलाहरुमा देखिने स्तन क्यान्सर परीक्षण, विभिन्न प्रकारका यौन संक्रमण सम्बन्धी परीक्षण तथा परामर्श सहीतको सेवा उपलब्ध गरिएको उनले बताए ।
त्यस्तै शिविरमा पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ तथा रिंगपेसरी, फिस्टुलाको स्क्रिनिङ, परिवार नियोजन सम्बन्धी परामर्श तथा र ईम्प्लाण्टसहित अस्थायी साधन लगायतका सेवाहरु प्रदान गरिएको हो ।
शिविरमा ४६ जना महिलाले भी.आई.ए सहीत १ सय ९२ महिलाले विविध प्रजनन् सेवा लिएकी छन् । विभिन्न समस्याले उपचार गर्न नपाएका कतिपय महिलाले गाउँमै स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि खुशि भएकी छन् ।
वडा नं.४ का कार्यवाहक वडाध्यक्ष मंगल धामीको अध्यक्षतामा सञ्चालन भएको शिविरमा घट्मुना आधारभूत अस्पतालका स्वास्थ्यकर्मी, मानाकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थित रहेको थियो ।
विशेष गरी निःशुल्क स्वास्थ्य शिविर हालसम्म विभिन्न समस्याका कारणले स्वास्थ परीक्षण गर्न नापएकी महिलालाई लक्षित गरी पायक पर्ने स्थानमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । मानाकोट स्वास्थ्य चौकीमा वडा नं.४, ५ र ६ का महिलाहरुलाई सेवा दिने गरी सञ्चालन गरिएको थियो ।
त्यसैगरी वडा नं.१, २ र ३ का महिलालाई लक्षित गरी भोली ३ गते तल्लोदुगून स्वास्थ्य इकाईमा सञ्चालन गरिने भएको छ । शिविर बाजुराका ४ वटा पालिका क्रःमस जारी रहेको छ । मंसिर २९ गते बुढीनन्दा नगरपालिको पाण्डुसैन स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।
आजदेखि गौमुल गाउँपालिका सञ्चालन गरिएको छ । भने पौस ४ गते बडीमालिका नगरपालिकाको मना शहरी स्वास्थ्य चौकी, पुस ६ गते कोर्ध शहरी स्वास्थ्य चौकी र पौस ७ गते बुढीगंगा नगरपालिकाको देवलसैन स्वास्थ्य चौकीमा सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ, कैलाली शाखाका बरिष्ठ शाखा प्रबन्धक चेतराज फुलाराले बताएका छन् ।







प्रतिक्रिया