बाजुरा : गौमुल गाउँपालिकामा निःशुल्क स्वास्थ्य सम्बन्धि शिविर सञ्चालन गरिने भएको छ । पालिकाको समन्वय तथा स्वास्थ्य शाखाको आयोजना र युएनएपीए/एफ.पी.एन कैलाली शाखाको प्राविधिक सहयोगमा निःशुल्क प्रजनन स्वास्थ्य पाैष २ गते शिविर सञ्चालन गरिने भएको हो ।
प्रजनन् उमेर समूहका महिलाहरुलाई लक्षित गरी भोली पाैष २ गते मनाकोट स्वास्थ्य चौकी निलासैन र ३ गते तल्लोगदुगून सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन गरिने पालिका स्वास्थ्य शाखा सी अनमी रमा थापा रोकाया बताएकी छन् ।
उनका अनुसार शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा प्राथमिक उपचार(थर्मोकोगुलेशन) सेवा, महिलाहरुमा देखिने स्तन क्यान्सर परीक्षण, विभिन्न प्रकारका यौन संक्रमण सम्बन्धी परीक्षण तथा परामर्श, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ तथा रिंगपेसरी, प्रसव फिस्टुलाको स्क्रिनिङ, परिवार नियोजन सम्बन्धी परामर्श तथा एआ.इयु.स.डी र ईम्प्लाण्टसहित अस्थायी साधन लगायतका सेवाहरु प्रदान गरिने छ ।
विशेष गरी निःशुल्क स्वास्थ्य शिविर हालसम्म विभिन्न समस्याले उपचार नापएका महिलालाई लक्षित गरी पायक पर्ने स्थानमा निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो । मानाकोट स्वास्थ्य चौकीमा वडा नं.४, ५ र ६ का महिलाहरुलाई सेवा दिने गरी सञ्चालन गरिने छ । भने वडा नं.१, २ र ३ का महिलालाई लक्षित गरी तल्लोगदुगून सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन गरिने अनमी थापा बताएकी छन् ।
विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म सेवा दिइने भएको छ । विशेषज्ञ डाक्टर सहीतको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले सेवा लिनहुन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
शिविर बाजुराका ४ वटा पालिका सञ्चालन गरिने छ । मंसिर २९ गते बुढीनन्दा नगरपालिको पाण्डुसैन स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो । भोली अर्थात पौष २ र ३ गते गौमुल गाउँपालिका, पौष ४ गते बडीमालिका नगरपालिकाको मना शहरी स्वास्थ्य चौकी, ६ गतेसम्म कोर्ध शहरी स्वास्थ्य चौकी र पौष ७ गते बुढीगंगा नगरपालिकाको देवलसैन स्वास्थ्य चौकीमा सञ्चालन गरिने भएको छ ।





प्रतिक्रिया