बाजुरा : नेकपा एमाले छोडेर नेपाली कम्युनिस्ट पार्टी रोजेका युवा नेता जंग बहादुर विकले बाटो फरक भएपनि गन्तव्य एकै रहेको बताएका छन् । सोमबार सदरमुकाम मार्तडीमा पार्टी एकता सन्देश सभामा समाहित भएका विकले सामाजिक सञ्जाल फेसबुकमा यात्रा गर्ने गन्तव्य एउटै रहेको बताएका हुन् ।
उनले लेखेका छन् अनेरास्ववियुबाट आरम्भ गरि नेकपा (एमाले) का विभिन्न कमिटी मा रहेर काम गर्ने क्रममा साथ, सहयोग र समर्थन गर्नुहुने अग्रज नेतृत्व, समर्थक र सुवेच्छुक प्रति हार्दिक धन्यवाद छ ।
मेरो जीवनको करिव १९ वर्ष सक्रिय राजनितीक जीवन बिताएको पार्टी परित्याग गरेको छु । देशको वर्तमान राजनितीक परिस्थिति, नयाँ पूसताले उठाएका मागहरूप्रति पार्टी नेतृत्व उदाशिन हुनु, पार्टी संगठन निर्माणका लागि सामुहिक नेतृत्वमा भन्दा पनि गुट निर्माण गर्ने र विगतको त्याग र तपस्याको वास्ता नगर्नु लगायतका कारणले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
मैले परित्याग गर्दा मेरा समर्थनक र सुवेच्छुकलाई पर्न गएको असुविधाप्रति क्षमा चाहान्छु । अबको नयाँ यात्रा नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा संग हुने उनले भनेका छन् ।
म संगै पार्टी परित्याग गरि नयाँ पार्टी निर्माणमा सहयात्रा गर्न तयार रहनु भएकोमा मेरा आफन्तजन, सहयोगी सबैप्रति हृदयदेखि गहिरो धन्यवाद दिन चाहान्छु । यश महत्वपूर्र्ण समयमा मेरो जीवनको नयाँ घुम्तीमा यात्रा गरिरहदा सहयोग गर्नु हुने, असहयोग गर्नु हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
बाटो फरक होला गन्तव्य एउटै हो कम्युनिस्ट पार्टी मा रहेर देश र जनताको पक्षमा दृढताका साथ लागिरहने प्रतिबद्धता सहित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा गोलबन्द हुन आब्हान गर्दछु उले लेखेका छन् ।
पार्टीमा समाहित भएका सबैलाई डा.भीम रावल, भानुभक्त जैशी, प्रकाश शाह, दिर्घ सोडारी लगायतका नेताहरुले फूलमाला अविर सहितले स्वागत गरेका थिए ।





प्रतिक्रिया