बाजुरा : गौमुल गाउँपालिका–४ निलासैनमा रहेको मानाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसेको छ । स्वास्थ्य क्षेत्रका गतिविधिका बारेमा छलफल गर्न आईतबार निलासैनमा व्यवस्थापन समितिको बैठक बसको हो ।
बैठकमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा छफल गरिएको थियो । बैठकमा वडाका जनप्रतिनिधि, स्वास्थ्यकमर्की, स्वास्थ्य स्वयंमसेविका लागयतको उपस्थित रहेको थियो ।
निलासैनमा बसको संयुक्त बैठकले पुष २ गते महिलाहरुको समस्यालाई लक्षित गर्दै पाठेघरको रोग परीक्षणसहित जेकजाँचका लागि निःशुलक स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । शिविरमा ओल्ला ३ वटा वडाका महिलाहरुलाई सेवा दिने गरी मानाकोट स्वास्थ्य चौकी निलासैनमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
वडा नं.४, ५ र ६ का महिलाहरुले स्वास्थ्य परीक्षणका लागि शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन अनुरोध गरिएको छ । शिविरमा विशेषज्ञ चिकित्सक मार्फत पाठेघरमा लाग्ने रोगको चेकजाँच तथा उपचार गरिने भएको छ ।





प्रतिक्रिया