बाजुरा : बडीमालिका नगरपालिकाका सात वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको छ । सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको हो ।
आज एक औपचारिक कार्यक्रमकाबीच सदरमुकाम मार्तडीस्थित वडा नं.८ लाई छापडी गोठमुक्त वडा घोषणा गरिएसंगै सात वटा वडा पुगेका हुन् । वडा नं.८ भित्रका ४ सय ५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।
चार पटक अनुगमसहित सचेतनापछि छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उनले बताएकी छन् । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’ मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको उनले बताइन् ।
नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । नगर उपप्रमुख थापाले नियमित अनुगमन, सुझाव सल्लाह र जनचेतनामूलक सन्देशसहित क्रःमस १ र ७ लाई गर्दै आगामी आर्थिक वर्षमा नगरपालिकालाई नै छाउपडी गोठमुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको बताएकी छन् ।
बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडा नं.८ का कार्यवाहक वडाध्यक्ष करे रावलको रहेको थिए । भने नगर उपप्रमुख नन्दा कुमारी थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ ।




प्रतिक्रिया