काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ ।
अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो ।
उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारका अनुसार, त्यतिबेला अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका सहसचिव तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो । अनि अख्तियारले उनको कल डिटेल्स रेकर्ड पनि हेरेको थियो ।
डायरी तथा कल डिटेल्स रेकर्डबाट अस्वभाविक सम्पर्कमा आएका भन्दै अख्तियारले विशेष अदालतमा गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट अनि अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा महाशाखा प्रमुख, अध्यागमन हेर्ने महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख लगायतमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
अख्तियार स्रोतका अनुसार, यी पदाधिकारीहरू भिजिट भिसामा पक्राउ परेका बेलाका हुन् । साथै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
‘यी उल्लेख गरिएका मान्छेसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको अस्वभाविक पहल देखिएको, सम्बन्ध देखिएको, कल रेकर्ड डिटेल्स विश्लेषण गर्दा शंकास्पद गतिविधि देखिएको भएको भन्दै अनुसन्धान भइरहेको जनाएको हो ।
अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा भनिएको छ, ‘देहाय बमोजिमका छुट्टाछुट्टै विषय वारदात, समय र संलग्न प्रतिवादी भएको सम्बन्धमा छुट्टै अनुसन्धान भएको सम्बन्धमा जानकारी छ ।





प्रतिक्रिया