गाैमुल खबर डटकम बिहीबार २५, मङि्सर २०८२ ०७:३७

गौमुल-२ मा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर २४, २०८२
गौमुल-२ मा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

बाजुरा : गौमुल गाउँपालिका २ मा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ । वडा कार्यालयको समन्वय तथा गैरसरकारी संस्थाको सहयोगमा विविध सचेतनामूलक कार्यक्रमको आयेजना गरी सम्पन्न भएको हो ।

अभियानको अवसरमा बुधबार वडा कार्यालयको केन्द्र तल्लोदुगूनमा महिलाले म्यूजिकल चियर रेस, देउडा तथा विभिन्न साँस्कृतिक प्रस्तुति गरेकी थिइन् । साँस्कृति प्रस्तुति मार्फत उनीहरुले समानता कायम हुनुपर्ने बताएकी छन् ।

म्यूजिकल चियर रेश प्रतियोगितामा प्रथम सिर्जशील आमा समूहकी चमेली रोकाया, द्धितीय बन्धना बुढा र तृतीय पातल गडा आमा समूहबाट सुनिता सार्की भएकी छन् । भने सान्त्वना झरी रोकाया भएकी छन् । 

गौमुल गाउँपालिका कार्यपालिका सदस्य जवाँ सार्की प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिमा वडा सदस्य देव बहादुर बोहरा, गिता रोकाया रहेका थिए । भने अतिथिमा नरबहादुर रोकाया, एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्की, बनेश सागर लगायत रहेका थिए ।

कार्यक्रममा मन्तव्य राख्ने सबैले महिलामाथि हुने विभिन्न खालका हिंसा अन्त्य गर्न सर्वप्रथम सादृश्य समाज निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि पहिला सबैले सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा कार्यपालिका सदस्य जवाँ सार्कीले महिलाले आफ्ना अधिकार सुनिश्चित गर्दै सबै क्षेत्रमा सहभागिता हुनबाट पछि नहट्न आग्रह गरिन् । 

सयपत्री महिला मञ्चका अध्यक्ष सरिता रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा कार्यपालिका सदस्य सार्की नै रहेकी थिइन् । कार्यक्रममा मञ्चकी सदस्य मञ्जु बोहराले स्वागत मन्तव्य रोखेककी थिइन् । भने सञ्चालन सञ्चालन इश्वरी बोगटीले गर्नुभएको थियो । 

प्रतिक्रिया