बाजुरा : गौमुल गाउँपालिका १ अम्लिस घर भएका बमबहादुर रोकायाले अम्लिस माध्यमिक विद्यालयलाई ३० हजार सहयोग गरेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा श्रम गरिरहेका समाज सेवी समेत रहेका रोकायाले प्रशासनिक व्यवस्थापनका लागि उक्त रकम विद्यालयलाई सहयोग गरेका हुन् ।
विद्यालय प्रशासनका अनुसार छात्रवासमा बस्ने विद्यार्थीहरुलाई चिसोको समयमा कपडाको समस्या भएकाले उक्त रकमबाट कपडा खरिद गरिएको छ । छात्रवासमा बस्ने विद्यार्थीहरुका लागि गद्दा, कम्मल र तन्ना खरिद गरिएको विद्यालयले जनाएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच उक्त सामानहरु रोकायाका पिता चक्रबहादुर रोकायाको हातबाट विद्यालयलाई हस्तान्तरण गरिएको छ । सहयोगि मनहरुप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ । हस्तान्त्रण कार्यक्रममा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया