बाजुरा : गौमुल गाउँपालिका ४ मा युवा युवतीहरुलाई प्रेरणा र करियर मार्गदर्शन सम्बन्धि तालिम दिईएको छ । गाउँपालिकाको समन्वय, वि.एम.जेट. टि.डी.एच जर्मनको आर्थिक सहयोग र मानव शंसाधन केन्द एच.आर.सी बाजुराकाे आयाेजना तथा बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर परियोजनाले युवा युवतीहरुलाई तालिम दिएको हो ।
मंसिर २२ गतेदेखि वडा कार्यालयको केन्द्र निलासैनमा सुरु गरिएको तालिम आज सम्पन्न भएको छ । लक्ष्यहरु प्राप्तिका लागि उत्प्रेरित गराउँने उद्देश्यसहित युवाहरुका लागि तालिम सञ्चालन एचआरसी बाजुराका सामाजिक परिचालक प्रतिक्षा शाहीले बताएकी छन् ।
जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि २५ जना युवा युवतीहरुलाई तालिममा प्रदान गरिएको उनले बताए । दुईदिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षण दिपेन्द्र रोकायाले गरेका हुन् ।
सकारात्मक जीवनशैली कसरी चलाउँने, आफ्ना लक्ष्य, उद्देश्यहरुलाई कसरी सफल बनाउने भन्ने विषयमा प्रशिक्षण गरिएको युवाहरुलाई भविष्यको मार्गदर्शनका लागि सहजता हुने विश्वस गरिएको छ ।
माउण्टेन भिजन युवा क्लबका अध्यक्ष भुपाल रोकायाको अध्यक्षतामा सञ्चालन भएको तालिमको समापन कार्यक्रममा वडा सचिव प्रकाश वि.क.वडाका जनप्रनिधि तथा सरोकारवाला निकायको उपस्थित रहेको थियो ।





प्रतिक्रिया