बाजुरा : बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । सदरमुकाम मार्तडी आसपास केन्द्रविन्दु बनाएर सोमबार बेलुकी भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार मार्तडी आसपास केन्द्रविन्दु बनाएर बेलुकी ६ बजेर ५८ मिनेटमा तीन दशमलव ६ म्याग्नेच्युडको भुकम्प गएको छ ।
एकसाता अघि बझांगको सैपाल केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्कापछि सदरमुकामकै आसपासमा केन्द्रविन्दु बनाएर फेरी भुकम्प गएको हो । भुकम्प गएपछि स्थानीयहरु हो हल्ला गर्दै घर बाहिर निस्केका हुन् ।
भुकम्पले हल्लाएपछि यहाँका स्थानीय त्रसित बनेका छन् । भुकम्पले धक्का दिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।
विपद कुनै बाजा बजाएर नआउने भएकाले भुकम्प सहितका विपदबाट सजग र सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आग्रह गरेका छन् । उनले भुकम्प मार्तडी आसपास केन्द्रविन्दु बनाएर गएकाले क्षति भए नभएको जानकारी लिइ लिइरहेको बताए ।





प्रतिक्रिया