गाैमुल खबर डटकम सोमबार २२, मङि्सर २०८२ ०९:२९

गौमुल-१ मा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर २१, २०८२
गौमुल-१ मा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

बाजुरा : गौमुल गाउँपालिका १ मा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय महिला मञ्चको आयोजना तथा वडा कार्यालयको समन्वय र पीसविन नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

आईतबार वडा कार्यालयको केन्द्र अम्सिलमा लैगिंक हिंसा विरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै कार्यक्रम समापन गरिएको छ  । कार्यक्रममा वक्त्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र  जोडी दौडसहित लाइभ देउडा प्रस्तुति गरिएको कार्यपालिका सदस्य मैना चदाँराले बताएकी छन् । 

वक्तृत्वकला प्रतियोगितामा प्रथम कैलाशकोट आमा समूह र दोस्रो किशोरी क्लब भएको छ । भने हाजिरी जवाफ प्रतियोगितामा प्रथम हरितारा आमा समूह, दोस्रो लगनशील आमा समूह र तेस्रो कैलाशकोट आमा समूह भएको छ । प्रतियोगिता मार्फत महिलाहरुमा हुने सबै प्रकारका हिंसाहरु अन्त्य गर्न सचेतना जोगिईएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य चदाँराले सबै क्षेत्रमा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएकी छन् । महिलाहरुले अझैपनि पूर्ण रुपमा आफ्ना अधिकार प्रयोग गर्न नसकेको उल्लेख गर्दै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।      

वडा स्तरीय महिला मञ्चकी अध्यक्ष खिरी रोकायको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा कार्यपालिका सदस्य मैना चदाँरा रहेकी थिइन् । भने विशिष्ट अतिथिमा वडा सचिव हरिलाल रोकाया रहेका थिए । 

त्यस्तै अम्लिस माविका शिक्षक जीवन रोकाया, दुर्गाली आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भावना रोकाया, अम्लिस सामुदायिक स्वास्थ्य ईकाइका संगिता रोकाया, प्रतिभा रोकाया र सहकारीका लेखापाल ममता थापा लगायत अतिथिमा रहेका कार्यक्रमको सञ्चालन महिला मञ्चका सचिव जानकी रोकायाले गर्नुभएको थियो ।  

प्रतिक्रिया