गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:४२

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान चलाउने

गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर २०, २०८२
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान चलाउने

बाजुरा : गौमुल गाउँपालिकामा पढाईबाट बञ्चित भएका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याईने भएको छ । विभिन्न समस्याका कारण विद्यालय जान रोकिएका बालबालिालाई अभियान मार्फत विद्यालय पहुँचमा ल्याईने भएको हो । 
शनिबार प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा पीसविन नेपालद्वारा सञ्चालित (आभा) किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि परियोजनाको आयोजनामा गरिएको जनप्रतिनिधिसंगको छलफलमा अभियान नै सञ्चालन गर्ने निष्कर्ष निकालिएको छ ।

परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरी घरधुरी सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको आधारमा पहिचान भएका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन प्रत्येक वडा कार्यालय मार्फत अभियान चलाउने निर्णय गरिएको पीसविन नेपालका परियोजना संयोजक पदम कठायत बताएका छन् ।

सर्वेक्षण प्रतिवेदनका अनुसार ५ देखि १७ वर्ष उमेर समूहका ५१ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको छ । उनीहरुलाई विद्यालयको पहुँचमा पुर्याउनका लागि प्रत्येक वडा कार्यालय मार्फत अभियान चलाउने तथा पालिकाले विद्यालय बाहिर रहेका बालबालिका सम्बन्धी कार्यविधि निर्माण गर्ने बताइएको छ । 

गौमुल गाउँपालिका बाल अधिकार समितिका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष सीता थापाको अध्यक्षता सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया रहनु भएको थियो । 

बैठकमा सबै वडा अध्यक्षहरु कलक सिंह, देव बहादुर रोकाया, देवेन्द्र बहादुर रोकाया, विभिन्न विषयगत शाखाका प्रमुख लगायत सरोकारवालाको सहभागिता रहेको थियो । बैठकको सहजिकरण पीसविन नेपालका परियोजना कठायतले गरेका थिए ।

प्रतिक्रिया