बाजुरा : गौमुल गाउँपालिकामा प्रविधिको आधाररित हिंसा सम्बन्धि अभिमुखिकरण गरिएको छ । गाउँपालिकाको आयोजना तथा महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाको सहजीकरणमा अभिमुखिकरण गरिएको हो ।
प्रविधिको सही प्रयोग गरौँ, लैङ्गि हिंसा अन्त्य गारौँ भन्ने मुल नाराका साथ ६ वटै वडाका महिलाहरुको सहभागितामा अभिमुखिकरण गरिएको महिला तथा बालबलिका शाखा प्रमुख सिर्जना विष्ट रोकायाले बताएकी छन् ।
अभिमुखिकरण कार्यक्रममा प्रविधिको सही प्रयोग, नेतृत्व विकास, क्षमता अभिवृद्धि, सामाजिक सञ्चालनबाट हुने नकारात्मक क्रियाकलाप, कानुनी उपचार लगायतका विषयमा प्रशिक्षण गरिएको हो ।
अधिमुखिकरण कार्यक्रममा समुदाय प्रहरी साँझेदारी कार्यक्रम पनि सञ्चालन गएिको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट आएको प्रहरी टोलीले आफ्ना सम्पादन गरेका विभिन्न क्रियाकलापको जानकारी दिदै प्रहरीले दिने सेवाको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा लैगिङ्ग हिंसा, घरेलु हिंसा, लागुऔषध दुव्र्यशन न्युनीकरण सम्बन्धि र साईबर अपराध लगायत सुरक्षाका विभिन्न विषयमा प्रशिक्षण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, प्रहरी नायव उपरीक्षक इकवाल हवारी र गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले आफ्ना धारण राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया रहनुभएको थियो । भने उपाध्यक्ष सीता थापा, नेपाली सेनाका सेनानी दिपक थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक खडक बहादुर शाही, बरिष्ठ अनुसन्धान सहायक कविन्द्र भण्डारी लगायत विशिष्ट अतिथिमा रहनुभएको थियो ।
त्यस्तै वडाध्यक्षहरु कलक बहादुर सिंह, देव बहादुर रोकाया, देबेन्द्र बहादुर रोकाया, गोरख बहादुर बोहरा, अमर विक र प्रकाश रोकाया अतिथिमा रहनुभएको थियो । गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय गौमुलका प्रहरी सहायक निरीक्षक विकास थापाले गर्नुभएको थियो ।


प्रतिक्रिया