गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:४१

महिलाले नेतृत्व विकासमा ध्यान दिन आवश्यक छ : उपाध्यक्ष थापा

गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर २०, २०८२
महिलाले नेतृत्व विकासमा ध्यान दिन आवश्यक छ : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले महिलाहरुले नेतृत्व विकासमा ध्यान दिन आवश्यक रहेको बताएकी छन ।

आज घट्मुनामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै समाजको नीति निर्माणका महत्वपूर्ण क्रियाकलापमा महिलाको सहभागिता अति न्यून रहेको र जसले गर्दा महिलाहरुको विचार र मान्यता ओझेलमा परिरहेकाले क्षमता विकासमा बढी ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिएकी छन् ।

समाजका कतिपय महिलाहरु अझैपनि हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेकाले अब हिंसा सहेर नबस्न सुझाव दिदै अब क्षमता विकाससंगै विभिन्न तहमा अधिकार खोज्न जागृत हुन आवश्यक रहेको बताएकी छन् । 

महिला सहभागितालाई लैगिंक समानता र दिगो तथा न्यायिक विकासको सूचकको रुपमा हेर्ने गरिएकाले महिलाहरुलाई सक्षम, सवल र सक्रिय बनाउन सबैको दायित्व रहेको बताइन् । 

महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जिउनु छ । उनले भनिन् त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक क्रियाकलापमा महत्वपूर्ण विचार र अर्थपूर्ण भूमिकासहित जिम्मेवारी प्राप्तीका साथै समावेशी हुन अति नै महत्वपूर्ण छ रहेको छ ।

प्रतिक्रिया