बाजुरा : बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रविधिको उचित प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।
शनिरबार गौमुल गाउँपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र समुदाय प्रहरी साझेदारी जनचेतना कार्यक्रममा प्रविधिले छिटो छरितो रुपमा सूचना सम्प्रेषण भईरहेको बताउँदै यसको उचित प्रयोगमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।
भर्खर बाजुरा आएका निरौलाले नजानेका कुराहरुमा धेरै ध्यान नदिन आग्रह गर्दै जीवनलाई सफल बनाउँन जोगिएर प्रविधिको प्रयोग गर्न र जानकारी विनाका विषयबस्तु तथा एप्सहरु नचालाउन आग्रह गरेका छन् । कति रुपैयाँको मोबाइल किनेको छु भन्ने अवस्थाको प्रतिस्पर्धा गर्नु भन्दा पनि आफ्ना छोरा, छोरीलाई सभ्य ज्ञान, शिक्षा र लागुऔषधबाट टाढा राख्ने जस्ता कुरामा प्रतिस्पर्धा गर्न जरुरी रहेको बताएका छन् ।
समग्र बाजुराको अवस्था हेर्दा आर्थिक कमजोर रहेकाले आर्थिक स्तर तथा समाजिक स्तरलाई माथि उकास्न सबैले सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताए । उनले महिलाहरुले विभिन्न क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिदै आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताए ।
प्रजिअ निरौलाले महिलाहरुले घरेलु मादक पदार्थ नियन्त्रण गरी सानो सानो उद्यम व्यवसायीक तिर लाग्न सुझाव दिए । सबैले सक्रिय भूमिका खेल्दै विभिन्न हिंसाहरु न्यूनिकरण गरी शिक्षित र सक्षम समाज निर्माण गर्न अनुरोध गरेका छन् । धेरै कुराहरुबाट मुक्ति पाउँन शिक्षा अतिनै आवश्यकता रहेकाले शिक्षा आर्जनमा सबैले ध्यान दिन जरुरी रहेको बताएका छन् ।




प्रतिक्रिया