बाजुरा : गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले सभ्य र सुरक्षित समाज निर्माण गर्न सबैको उत्तिकै दायित्व रहेको बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत प्रविधिमा आधाररित हिंसा सम्बन्धि अभिखुकिरण कार्यक्रमलाई सम्बोधन गर्दै रोकायाले समाजमा सभ्य प्रकारले शान्ति कायम गर्न सामुहिक प्रयासको खाँचो रहेको बताएका हुन् ।
प्रविधिको विकाससंगै एकतिर सशक्तिकरणको द्धारा खालेको छ । भने अर्कोतिर महिला तथा बालबालिका लागि डिजिटल हिंसा घातक चुनौति बन्दै गएकाले सही सदुपयोग गर्न जरुरी रहेको बताएका छन् ।
प्रविधिलाई कुन समय, कति अवधि र केका लागि प्रयोग गर्ने भन्ने कुरालाई ध्यान दिएर अगाडी बढ्न सके समाजमा शान्ति र सुरक्षा आफै कायम हुने औल्याए । अहिले मान्छेहरुले विस्तारै आफ्नो उद्देश्य, लक्ष्यहरु विर्सिन थालिक्यो उनले भने अर्कोले निर्माण गरेका सामाग्रीमा रमाउने प्रवृत्ति सहरदेखि ग्रामीण क्षेत्रसम्म फैलिन थालेकाले आफ्नो लक्ष्य, संस्कार, सस्कृति नभुल्न आग्रह गरे ।
सभ्यता विर्सियो भने समाजमा अशान्तिको विजारोपण हुने भएकाले सभ्य र शान्त समाज निर्माण गर्न संस्कार, संस्कृतिभित्र रहन आवश्यक रहेको बताए । नेपाल प्रहरी समुदायको नजिकको साथी भएकाले सहयोगीको भावना राख्न जरुरी रहेको बताए ।
समाज र प्रहरी एक अर्काको परिपुरक भएकाले प्ररहीसंग नजिक हुन आवश्यक रहेको बताए । उनले भने प्रहरीले आफ्नो कर्तव्य पालन गरिरहेको छ, कानुन सम्बद्ध ढंगले राज्यले दिएका अधिकारलाई प्रयोग गरेर जनतालाई न्याय दिने, सुरक्षा दिने र कानुनी उपचारमा सहायता दिने कामहरु नेपाल प्रहरीले गरिरहेकाले प्रहरीप्रति हेर्ने दृष्टिकोण सही हुनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया