बाजुरा : गौमुल गाउँपालिका वडा नं.१ मा युवाहरुलाई प्रेरणा करियर मार्गदर्शन सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको समन्वय, वि.एम.जेट. टि.डी.एच जर्मनको आर्थिक सहयोग र मानव शंसाधन केन्द एचआरसी बाजुरद्धारा सञ्चालित बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर परियोजनाले युवाहरुलाई तालिम दिएको हो ।
लक्ष्यहरु प्राप्तिका लागि उत्प्रेरित गराउँने उद्देश्यसहित युवाहरुका लागि तालिम सञ्चालन गरिएको जिविकोपार्जन अधिकृत अर्जुन शाहीले बताएका छन् । जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि २५ जना युवाहरुलाई तालिममा प्रदान गरिएको उनले बताए ।
उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई मजबुत बनाउँन तालिममले सहयोग पुग्ने विश्वस गरिएको छ । मंसिर १६ गते अम्लिसमा सञ्चालन गरिएको तालिम सम्पन्न भएको छ ।
तालिमको प्रशिक्षण दिपेन्द्र रोकायाले गरेका हुन् । वडा स्तरीय युवा सञ्चालनका अध्यक्ष सारग चदाँराको अध्यक्षतामा सञ्चालन भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा कार्यपालिका सदस्य मैना चदाँरा रहनुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथिमा वडा सचिव हरिलाल रोकाया र अतिथिमा वडा सदस्य लगायत रहनुभएको थियो । सकारात्मक जीवनशैली कसरी चलाउँने भन्ने विषयमा केन्द्रीत तालिमम प्रदान गरिएकाले युवाहरुलाई भविष्यको मार्गदर्शनका लागि सहजता हुने भएको छ ।


प्रतिक्रिया