गाैमुल खबर डटकम शनिबार ०२, फागुन २०८२ ०८:०५

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १४, २०८२
बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

बाजुरा ः आज मध्याह्न १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ ।

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया