गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०५:३५

गौमुलमा छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर १०, २०८२
गौमुलमा छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा ः गौमुल गाउँपालिकामा पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ बुधबारबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिकाको केन्द्र घट्मुनास्थित खेलमैदानमा उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले दीप प्रज्वलन गरी औपचारिक रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उपाध्यक्ष सीता थापा, अनेरास्ववियु केन्द्रीय पूर्व महासचिव नरेशकुमार रोकाया, ६ वटै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, कार्यपालिका सदस्य र वडा सदस्यहरूको समेत उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रत्येक विद्यालयले पिटी, डेमो, कराँते, मार्चपास जस्ता सिर्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन् ।

खेलकुद विकास समितिका अध्यक्ष बलबहादुर रोकायाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । प्रमुख अतिथिको रुपमा गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष सीता थापा, अनेरास्ववियु केन्द्रीय पूर्व महासचिव नरेशकुमार रोकाया, वडा अध्यक्षहरू कलकबहादुर सिंह, गोरख बोहरा, अमर विक, देवेन्द्र रोकाया, प्रकाश रोकाया कार्यपालिका सदस्य मैना चदाँरा, विद्यालयका प्रमुखहरूको उपस्थित थिए ।

उपाध्यक्ष सीता थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन गाउँपालिका जिन्सी शाखा प्रमुख गणेश बहादुर रोकायाले गरेका थिए । पहिलो दिन प्रतियोगितामा ६ विधाका खेलहरू सञ्चालन भएको खेलकुद विकास समितिले जनाएको छ । 
 

प्रतिक्रिया