बाजुरा : सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको बताएका छन् ।
नयाँ थपिएका मध्ये सबैभन्दा मतदाता कैलालीमा छन् । भने सबैभन्दा कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको देखिन्छ । भने सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना थपिएका छन् ।
कैलालीपछि क्रमशः कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेल्धुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन् ।
थपिएका नयाँ मतदाता जेनजी समूहका नै धेरै रहेका छन् । उनीहरुले यो पटक पहिलो मतदान गर्ने देखिन्छ । जसमा उनीहरुको मतलाई पनि आगामी चुनावका लागि निर्णायक मानिएको छ । देशभर भने ८ लाख बढी मतदाता नयाँ थपिएका छन् ।





प्रतिक्रिया