बाजुरा : नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बाजुरा जिल्ला ईन्चार्ज लाल बहादर थापाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताएका छन् ।
शुक्रबार सदरमुकाम मार्तडीमा जनसाँस्कृतिक महासंघ नेपाल, जिल्ला कमिटी बाजुराले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थापाले लडेर ल्याएको व्यवस्था बचाउन जुनसुकै चुनौति सामना गर्न तयार हुने र त्यसको अगुवा एमालेले गर्ने बताए ।
उनले लडेर ल्याएको संघीय लाकतान्त्रिक गणतन्त्रको रक्षा र संरक्षण गर्नका लागि नेकपा एमाले जहिलेपनि दृढ रुपमा लागिरहने बताएका छन् । हामीले लडेर ल्याएको संविधानलाई शौदाबाजीमा लिन चाहादैनौं यसको हामी संरक्षण गर्छौ उनले भने । राष्ट्रियताको पहरेदार नेकपा एमाले मात्र रहेको दाबी गरे ।
चुच्चे नक्सा जारी गर्ने हिम्मत कसैको थिएन् उनले त्यो एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे, के आफ्नो भू–भाग समेटिएको नक्सा जारी गर्दा ओलीले गलत गरेका थिए ? पञ्च्याति व्यवस्थामा नेपाली भूमिमा चीन र भारतका सेनाहरुले ब्यारेक राखेका थिए । ओलीले सोही भूमिसहितको नक्सा जारी गरेपछि ती ब्यारेकहरु त्यहाँबाट हटाईएर भागेका पनि बताएका छन् ।
थापाले नेपाली भूमिलाई कुनै पनि हालतमा शासकको पञ्जामा पर्न नदिने बताउँदै पछिल्लो समय कृत्रिम खोल आडेका धेरै लोकतन्त्रबादी शक्तिहरु सल्बलाउन थालेका औल्याए । संघीय लोकतन्त्र गणतन्त्रका लागि लोमो समय सम्म संर्घष गरेका ठुला दल नेकपा एमाले र नेपाली काँग्रेसले साँझा बटम बनाएर अगाडी बढ्न अहिलेको आवश्यकता रहेको बताएका छन् ।





प्रतिक्रिया