बाजुरा : गौमुल गाउँपालिकामा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजनाद्धारा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
गाउँपालिका भित्रका ७ वटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययनमा सहज वातावरण सिर्जना गर्न सामाग्री सहयोग गरिएको आभा परियोजना फिल्ड सुपरभाईजर अस्मिता रोकायाले जानकारी दिएकी छन् ।
विद्यार्थीलाई स्कुल डे«स, झोला, नेपाली व्याकरण, अंग्रेजी डिस्नरी, कापी, कलम, रिफिल, वर्णमाल, चार्ड, प्यान्सिल, ज्यामीति बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको उनले बताएकी छन् ।
गौमुल गाउँपालिका वडा नं.१ अम्लिस माविका र फूलपाट माविका ६/६ जना, पदमपुर आविका ४ जना, वडा नं.३ को बालविकास माविका ७ जना, कीर्तिचौर माविका १० जना, मानाकोट माविका ८ जना र वडा नं.६ को घटाल आविका ४ जना गरी ४५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सामाग्री सहयोग गरिएको हो ।
विपन्न परिवारका कतिय बालबालिकाहरु शैक्षिक सामाग्री नहुँदा विद्यालय जान तथा पढ्नबाट बञ्चित हुने गरेको अवस्थालाई मध्येनजर गर्दै नियमित विद्यालय जाने र बालबालिकालाई अध्ययनशिलमा राहत पुगोस् भन्ने उद्देश्यसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शुक्रबार गाउँपालिकाको केन्द्र घट्मुनामा एक औपचारिक कार्यक्रमकाबीच वडा नं.४ का वडाध्यक्ष अमर विक र वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकायाले शैक्षि सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरिएका थिए । सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष विकले संस्थाबाट प्रदान गरिएका शैक्षिक सामाग्रीको भर्पुर सदुपयोग गर्दै अध्ययनशिल बन्न विद्यार्थीलाई सुझाव दिएका छन् ।
त्यस्तै वडा नं.६ का वडाध्यक्ष प्रकाश रोकायाले सहयोगि संस्था पीसविन नेपाललाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विपन्न परिवारका बालबालिका थप राहत मिलेको बताउँदै उज्जवल भविष्यका लागि अध्ययनमा बढी ध्यान दिन विद्यार्थीलाई आग्रह गरेका थिए ।





प्रतिक्रिया