गाैमुल खबर डटकम मङ्गलबार ०१, पुष २०८२ ०६:०८

गौमुलको पदमपुर आविसहित सबै विद्यालयमा मनाईयो बाल दिवस

गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर ०४, २०८२
गौमुलको पदमपुर आविसहित सबै विद्यालयमा मनाईयो बाल दिवस

बाजुरा : गौमुल गाउँपालिका २ मा रहेको पदमपुर आधारभूत विद्यालयमा अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ । विहीबार बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर भन्ने मुल नारासहित दिवस मनाएको हो ।

पदमपुर आविमा गठित प्रगतिशिल बाल क्लबको आयोजना, वडा कार्यालयको समन्वय तथा एचआरसी बाजुराको आर्थिक सहयोगामा विभिन्न शैक्षिक क्रियाकलापका साथ बाल दिवस मनाएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा मावि स्तरको निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता र आवि स्तरको हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । बालबालिकाको अन्तर क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले जानकारी दिएका छन् ।

बालबालिकालाई किताबी ज्ञानसंगै बाह्य ज्ञानमा अब्बल बनाउँन बाल दिवसको अवसर पारी प्रतिस्पर्धात्मक प्रतियोगिताको आयोजना गरिएको उनले बताए । प्रतियोगितामा जनज्योति, पदमपुर, फूलपाट र धर्मोदयका विद्यार्थीकोहरुको सहभागिता रहेको थियो ।

निबन्ध, हाजिरी जवाफ र चित्रकला लगायत सबै प्रतियोगिताकामा फूलपाटा मावि प्रथम भएको छ । प्रथम स्थान ल्याएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री पुरस्कारको रुपमा प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गौमुल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष देव बहादुर रोकायाको उपस्थित रहेको थियो । कार्यक्रममा गाउँपालिका प्रवक्ता समेत रहेका रोकायाले बालबालिकाको चौतर्फि विकासका लागि क्षमता विकासका क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

बालबालिकालाई दिवसमा मात्र भन्दा पनि विद्यालयमा समय समयमा पढाईसंगै बाह्य ज्ञान दिलाउने सम्बन्धीका कार्यक्रम आयोजना गर्दै जान सुझाव दिएका छन् । शैक्षिक गुणस्तर सुधारका निम्ति सबैले जिम्मेवार पूर्वक लाग्न र सक्रिया भूमिका खेल्न आग्रह गरेका छन् ।

बाल क्लव अध्यक्ष दिपक वि.कको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष देव बहादुर रोकाया रहनुभएको थियो । त्यस्तै वडा सदस्य प्रेम रोकाया, अतिथिमा फुलपाट माविका प्रअ गणेश कुमार रावत, जनज्योति माविका लाल बहादुर रोकाया, पदमपुरका आविका लोकराज जोशी लागयत रहनुभएको थियो । 

कार्यक्रम पदमपुर आविको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा धर्मोदय आविका विव्यस अध्यक्षसहित, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो । गाउँपालिका भित्रका ६ वटै वडामा रहेको सबै विद्यालयमा विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ ।  

प्रतिक्रिया