गाैमुल खबर डटकम मङ्गलबार ०९, मङि्सर २०८२ ०६:३०

गौमुलको सटेडामा बाघ आतंक : फर्मका ४४ कालिज खायो, गाउँ त्रसित

व्यवसाय धरापमा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर ०४, २०८२
गौमुलको सटेडामा बाघ आतंक : फर्मका ४४ कालिज खायो, गाउँ त्रसित

बाजुरा : गौमुल गाउँपालिका ६ सटेडामा बाघले ४४ वटा कालिज खाएको छ । सोही वडाको मल्लो जिल्लाका गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर गएराति ४४ कालिज सखाप पारेको हो ।

बाघले फर्मको ग्याविन तारको घेरबार तोडेर कालिज सखाप पारेको इलका प्रहरी गौमुलले जनाएको छ । घर नजिकै रहेको कालिज फमभित्र पसेर ५६ वटा मध्ये ४४ कालिज सखाप पारेको पीडित गणेश रोकायाले बताएका छन् । 

उनकाअनुसार गएराति आफू फर्मभन्दा टाढाको घरमा बसेको र विहान अर्डरका कालिज ल्याउन जादा पुरै ग्याविन सहितको घेरबार भत्काएर कालिज खाएको भेटाए । विक्रि गर्न ठिक्क बनाएका कालिज बाघले सखाप गरेपछि १ लाख ५० हजार भन्दा बढीको क्षति भएको छ ।     

२०६९ सालदेखि व्यक्तिगत १६ लाख लगानीमा घुमपाल रिङरेड तथा पशुपन्छी कालिज फर्म मार्फत व्यवसायीक रुपमा कालिज पालन गर्दै आएका थिए । तर बेला बेला बाघले व्यवसायी माथि उठ्न नदिने गरेको उनले बताए ।

उनले सुरुमा गवाडा भन्ने स्थानमा कालिज फर्म स्थापन गरेका थिए । केही महिनापछि सोही ठाउँमा पनि बाघले ५४ हजार बराबरका कालिज खाईदिएको थियो । उक्त स्थानमा असुरक्षित भयो भनेर फर्म आफ्नो घर नजिक राखेका थिए । तर सोही ठाउँमा पनि बाघले व्यवसायीक धरापमा पर्ने गरी ठुलो मात्रामा क्षति गरेपछि रोकाया चिन्तित बनेका छन् ।

भारतको नौकरी गरेर सञ्चालन गरिएको कालिज व्यवसायी पटक पटक बाघले नोक्सान गर्न थालेपछि कालिज पालन व्यवसायी डुब्ने चिन्ता लाग्न थालेको उनको भनाइ । चल्लालाई हुर्काएर विक्रि गर्न ठिक्क राखेका बेला नै क्षति गर्ने गरेको उनले बताएका छन् ।

केही दिन अघि सटेडाकै एक स्थानीयका १६ बाख्रा मारेका थिए । गाउँमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । एकपछि अर्को घटना हुनथालेपछि मान्छेलाई समेत आक्रमण गर्ने हो की भन्ने यहाँका स्थानीयलाई चिन्तासंगै असुरक्षित महसुश गरेका छन् । 

प्रतिक्रिया